नबिल बैंक जस्तो पार्टनर पाउनु गौरवको विषय हो भनेर मुद्दा फिर्ता लिएँ: लक्ष्मी बहादुर श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2022 | 02:33:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बंगलादेश बैंकका संस्थापक शेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले आफुले सर्वोच्च अदालतमा दायर गरेको मर्जर सम्बन्धि मुद्दा फिर्ता लिएका छन् श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी ईन्भेष्टमेण्ट प्रा.लि. र नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रा.लिले क्रमश बैशाख १९ गते र बैशाख २१ गते नेबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जर सम्झौता विरुद्द छुट्टाछुट्टै रिट दायर गरेका थिए। 

अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको र अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई छलफलमा बोलाएर पेशी तोकिईसकेको अवस्थामा  लक्ष्मीबहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएका हुन् । 

बिजपाटीसँग कुरा गर्दै उनले फर्किएर विश्लेषण गर्दा मर्जमा जाँदा नेपाल बंगलादेश बैंक कै हित हुने, नबिल बैंकको जस्तो पार्टनर अब नपाइने, नबिल बैंक जस्तो पार्टनरसँग मर्जमा जानु नेपाल बंगलादेश बैंकको लागि पनि गौरवको विषय भएकोले आफुले मुद्दा फिर्ता लिएको बताए ।  

उनले बिजपाटीसँग भने ' हामीले मर्ज गर्दा र मर्ज नगर्दा के हुन्छ भन्ने विषयमा रिभ्यु गरेका थियौ, त्यसबाट मर्ज गर्दा नै बैंकको हित हुने देखेपछि मर्जरमा अग्रसर भएको हो , अहिले प्रतिस्पर्धा बढेको छ, बैंकलाई ठूलो बनाउदै पर्ने अवस्था छ, राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थालाई मर्जर गर्ने अभियान चलाईरहेको अवस्थामा राम्रो पार्टनर भटिएको बेलामा अहिले मर्जमा जानु पर्छ, पछि राम्रो पार्टनर नभेटिन सक्छ भन्ने हिसाबमा हामी मर्जको लागि तयार भएका हौ । यत्तिको पार्टनर बजारमा भेटिन गार्हो हुन्छ ।  ' 

सुरुमा केहि अन्योल भएर आफु अदालत गएको तर अहिले आएर मर्ज गर्दा नै बैंकको हित हुने देखेर मुद्दा फिर्ता लिएको उनले बताए । उनले भने 'नबिल जस्तो बैंकसँग मर्जमा जानुलाई हामीले गौरवको रुपमा लिएका छौ, अब मर्जर प्रक्रिया अगाडी बढ्छ' ।  

नेपाल पावर डेभलपमेण्टको मुद्दामा सुनुवाई गर्दै न्यायधिश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै समुहलाई बोलाएको थियो । त्यस्तै दिवेश्वरी ईन्भेष्टमेण्टले दायर गरेको रिटमा न्यायधिश बमकुमार श्रेष्ठको एकल इजलाशले  कारण देखाउ आदेश, र अल्पकालीन अन्तरिम आदेश जारी गर्दै  अन्तरिम आदेश दिने कि नदिने भन्ने विषयमा छलफल गर्न दुवै समुहलाई बोलाएको थियो । अदालतले तत्काललाई मर्जर जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा राख्नु भनेर  अल्पकालीन अन्तरिम आदेश जारी  गरेको थियो । त्यसपछि अदालतले दुवै रिटलाई एकै साथ राखेर सुनुवाई गरिरहेको थियो । आज न्यायधिशद्वय डा. आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको अवस्थामा मुद्दा फिर्ता भएको हो। 

दुवै बैंकले मर्जर प्रस्ताव पारित गर्न  जेठ ७ गते विशेष साधारणसभा डाकेका छन् ।  नेपाल बङ्गलादेश बैंक लिमिटेडको १०० कित्ता शेयर वरावर उक्त कम्पनीका शेयरधनीहरुलाई नविल बैंक लिमिटेडको ४३ कित्ता १:०४३) शेयर प्रदान गर्ने गरी नेपाल बङ्गलादेश बैंक लिमिटेडलाई प्राप्ति (Acquisition) गर्न लागिएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved