बैंक अफ काठमाण्डूका ग्राहकलाई हसट्याग फुड तथा बारमा विशेष छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2022 | 11:29:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकले हसट्याग फुड तथा बारमा विशेष छुट पाउने भएका छन्  । बैंक अफ काठमाण्डू लिमिटेड र हसट्याग फुड तथा बार प्रा. लि.बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो  ।

यस सम्झौता पश्चात् बैंकका ग्राहकहरुले हसट्याग फुड तथा बार, एयरपोट रोड, विराटनगरमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ठ १०% सम्मको छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

हसट्याग फुड तथा बारले एयरपोट रोड, विराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९८ शाखा कार्यालयहरु, ९३ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved