सैद्दान्तिक सहमति पाएर मर्जर तोड्ने वाणिज्य बैंकलाई के हुन्छ कारवाही ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2022 | 08:01:01 PM मा प्रकाशित

laxmi sunrise bank

सैद्दान्तिक सहमति प्राप्त भईसकेपछि मर्जर प्रक्रिया तोड्ने वाणिज्य बैंकलाई नेपाल राष्ट्र बैंकले विभिन्न ५ वटा कारवाही गर्ने भएको छ । सैद्दान्तिक सहमतिको पत्र प्रदान गर्दा नै राष्ट्र बैंकले प्रष्टसँग मनासिव माफीकको कारणसहित राष्ट्र बैंकको स्वीकृति नलिई आफुखुसि मर्जर प्रक्रिया तोडेमा कारवाही गर्ने राष्ट्र बैंकले उल्लेख गर्ने गरेको छ ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई पनि  सैद्दान्तिक सहमतिको पत्र प्रदान गर्दै राष्ट्र बैंकले नासिव माफीकको कारणसहित राष्ट्र बैंकको स्वीकृति नलिई आफुखुसि मर्जर प्रक्रिया तोडेमा  कारवाही गर्ने उल्लेख गरेको छ ।

पत्रमा भनिएको छ 'सैद्धान्तिक सहमति प्राप्त गरिसकेपछि मनासिव माफिकको कारण सहित यस बैंकबाट स्वीकृति नलिई आफू खुशी प्राप्ति प्रक्रिया भङ्ग गर्न पाइने छैन । आफू खुसी गाभ्ने /गाभिने तथा प्राप्ति प्रक्रिया भङ्ग गरेमा विद्यमान ऐन नियम र बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने / गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ (चौथो संशोधन २०७५) को विनियम १५(४) बमोजिम देहायबमोजिमको कारबाही गरिनेछ'

के हुन्छ कारवाही ?

१.अन्य कुनै संस्थासँग गाभ्ने /गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत शेयरधनीहरुलाई शेयर खरिदबिक्री तथा हक हस्तान्तरणमा रोक लगाउने ।

२. दुवै संस्थाका सञ्चालक समितिलाई सचेत गराउने ।

३. दुबै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने गाभिने वा प्राप्तिमा नगएसम्मका लागि आधारभूत शेयरधनीहरुलाई दिने लाभांश वितरणमा प्रतिबन्ध लगाउने ।

४. दुबै संस्थालाई अन्य कुनै संस्थासँग गाभ्ने / गाभिने वा प्राप्तिमा नगएसम्म तीन वर्षको लागि थप शाखा कार्यालय खोल्न रोक लगाउने ।

५. दुवै संस्थालाई राष्ट्र बैंकले प्रदान गर्ने सुविधाहरु प्राप्त गर्न रोक लगाउने ।

 अहिले वाणिज्य बैंकहरुमा मर्जरको लहर नै चलेको छ । नेपाल राष्ट्र बैंकले मर्जर गर्दा प्राप्त हुने सुविधाहरु यहि असार मसान्तसम्म मात्र कायम रहने बताएपछि वाणिज्य बैंकहरु मर्जरको लागि पार्टनर खोज्न व्यस्त छन्। 

हाल नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेर एकिकृत कारोबारको मिति तय गरिसकेको छ । त्यस्तै मेगा र इन्भेष्टमेन्ट बैंकले मर्जरको लागि सैद्दान्तिक सहमति पाईसकेका छन्।  त्यस्तै ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौँ (बिओके) ले पनि  सैद्दान्तिक सहमति पाईसकेका छन्

सिभिल बैंक र हिमालयन बैंकले मर्जरको लागि सम्झौता गर्नको लागि अन्तिम तयारी गरेपनि अन्तिम समयमाआएर सम्झौता स्थगित भएको छ । त्यस्तै प्रभु र सेन्चुरीबीच पनि मर्जरको चर्चा छ । अन्य बैंकहरुले पनि मर्जरको लागि  औपचारिक तथा अनौपचरिक छलफल गरिसकेका छन् 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved