अर्को ट्वीस्ट नआए हिमालयन र सिभिल बैंकबीच आज मर्जर तथा प्राप्ति सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2022 | 08:30:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्ने प्रकृया करिब करिब सहमतिमा पुगेको छ। सिभिल बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सिभिलले अगाडी राखेको सर्त मान्न हिमालयन बैंक तयार भएको भन्दै हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो। 

'सिभिलले अगाडी सारेका बिषयहरु हिमालयन बैंकले बीना सर्त मान्न तयार भएपछि सिभिलको संचालक समितिको बैठकले हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो।' बैंक स्रोतले भन्यो। 

स्रोतकाअनुसार सिटिजन्स र हिमालयन मध्ये कुनसँग प्राप्तिमा जाने भन्ने बिषयमा संचालक समितिमा छलफल भएको र अन्तिममा हिमालयनसँग प्राप्तिमा जानलाई सहमती जुटेको हो।

पूर्व सहमतिअनुसार नै प्राप्ति पश्चात बन्ने बैंकको नाम हिमालयन बैंक नै हनेछ भने सिभिलको नाम विलय हुनेछ। त्यस्तै संचालक समितिमा पनि हिमालयन बैंकको संचालक मात्र रहनेछन्।  कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् भने सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन्। 

त्यस्तै दुवै बैंकबीच कर्मचारी समायोजनमा पनि सहमति जुटेको छ। कर्मचारी समायोजन गर्दा खाईपाई आएको तलब सुविधा घट्नेछैन भने समान पदमा समायोजन हुनेछ।  

यस अगाडी शुक्रबार मर्जर सम्झौता हुने भनीएपनि अन्तिममा हिमालयनले नयाँ सर्त अगाडी सारेपछि सिभिल बैंक प्राप्ति प्रकृयाबाट पछाडी हटेको थियो। सिभिल बैंकको मर्जर कमिटी बैठकले तीन वटा विषयमा लिखित र प्रष्ट सम्झौता नभएसम्म हिमालयनसँग प्राप्तिमा नजाने अडान लिएको थियो। 

हिमालयन र सिभिलबीच स्वाप रेसियो १००:८१ हुने सहमति जुटेको छ।  सबै कुरा सहजढंगले अगाडी बढे आज दिउँसो ३ बजे पश्चात सम्झौता हुने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved