बैंकहरुले रिपोर्ट सार्वजनिक गरिसक्नु पर्ने समय घट्यो, यस्तो छ राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2022 | 05:25:22 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थाहरुले साउन २१ गतेभित्र चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरिसक्नु पर्ने भएको छ।  नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो ।

 चौथो त्रयमासको अन्तरिम वित्तीय प्रतिवेदन (संक्षिप्त प्रतिवेदन) आर्थिक वर्ष समाप्त भएको २१ दिनभित्र प्रकाशन गर्नु पर्ने राष्ट्र बैंकले जारी गरेको निर्देशनमा उल्लेख छ । गत वर्ष राष्ट्र बैंकले साउन मसान्तसम्मको समय दिएकोमा यो पटक भने २१ दिन भित्र नै विवरण प्रकाशन गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार  अन्तरिम वित्तीय प्रतिवेदनको विस्तृत विवरण राष्ट्र बैंकले तोकिदिएको ढाँचामा आफ्नो वेबसाइटमा राख्नु पर्नेछ । यसरी विस्तृत अन्तरिम वित्तीय प्रतिवेदन वेबसाइटमा राखिएको व्यहोरा पत्रिकामा प्रकाशन गरिने प्रतिवेदनमा समेत उल्लेख गर्नु पर्नेछ ।

हालसम्म एनआईसी एसिया बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved