बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 04:35:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अब बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा कारोबार रोक्का नहुने भएको छ  । नेपाल राष्ट्र बैंकका गभर्नरका महाप्रसाद अधिकारीले अहिले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै उनले यस्तो घोषणा गरेका हुन् । 

उनका अनुसार कारोबार रोक्का गर्नु पर्ने ब्यबस्था खारेज गरि अब मर्जर तथा प्राप्ति नेपाल धितोपत्र बोर्डको नियमन अनुसार गरिने छ ।  

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरु आगामी पुस मसान्तसम्म मर्जमा गए मात्र राष्ट्र बैंकले तोकेको छुट पाउने भएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरका महाप्रसाद अधिकारीले अहिले मौद्रिक नीति सार्वजनिक गरिरहेका छन् ।

मौद्रिक नीति सार्वजनिक गर्दै उनले  पुस मसान्तसम्म मर्जमा गए मात्र राष्ट्र बैंकले तोकेको छुट पाउने बताएका हुन्। 

त्यस्तै नेपाल राष्ट्र बैंकले शेयर कर्जाको ४/१२ को नीति संशोधन गरेको छ  । गभर्नर अधिकारीका  अनुसार अब शेयर धितो कर्जामा कुल १२ करोड मात्र लिन सकिने छ  । एउटा बैंकबाट ४ करोड मात्र लिन सकिने ब्यबस्था भने खारेज भएको छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved