कुमारी बैंकबाट आईपिओ भर्दा पैसा नलाग्ने, आश्वा शुल्क खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2022 | 01:27:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले भदौ १ गतेबाट लागु हुने गरि आफ्नो सम्पूर्ण खाताहरुमा सीआश्वा आवेदन शुल्क नलाग्ने व्यवस्था गरेको छ । भाद्र १ उपरान्त कुमारी बैंकको कुनै पनि खाताबाट प्राथमिक सेयर, हकप्रद लगायतका पुंजीबजारका अन्य उपकरणहरुमा आवदेन दिदा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ । 

ग्राहकहरुको हित तथा पुंजीबजारमा जनमानसको बढ्दो सक्रियतालाई मध्यनजर गर्दै कुमारी बैंकले सो छुट ल्याएको बैंकले उल्लेख गरेको छ । यस बाट नयाँ लगानीकर्ता, युवा, विद्यार्थी लगायत  बैंकका सम्पूर्ण खाताधारकहरु लाई विशेष लाभ प्राप्त हुने विश्वास बैंकले व्यक्त गरेको छ । 

बैंकले १९७ शाखा–संजाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिंग इकाई तथा २४ एक्टेन्सन काउन्टर मार्फत सेवा प्रदान गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved