एनएमबि बैंकको विशेष घोषणा : हरेक प्रदेशको एउटा शाखामा सबै कर्मचारी महिला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 22, 2022 | 07:55:55 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले प्रत्येक प्रदेशको एउटा शाखाको  नेतृत्व महिलाले गर्ने र ति शाखामा महिला मात्र रहने विशेष घोषणा गरेका छ । महिला शशक्तिकरणमा सक्रिय भएर कार्य गर्दै आएका महिलाहरुको अनुभव साटने उद्देश्यले आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बैंकले यस्तो घोषणा गरेको हो।

बैंकका अनुसार प्रदेश १ को टंकिसिनुवारी, मधेष प्रदेशको महोत्तरी, बागमती प्रदेशको बल्खु, गण्डकी प्रदेशको चाउथे, लुम्बिनि प्रदेशको भलवारी र सुदूर पश्चिम प्रदेशको धनगढी शाखाको  नेतृत्व महिलाले गर्ने र ति शाखामा महिला मात्र रहने विशेष घोषणा गरेको हो  ।  

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved