हिमालयन र बिओकेले चीनमा मुद्दा जितेपछि डेढ अर्ब रुपैयाँ फिर्ता पाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 23, 2022 | 04:02:57 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके)ले चीनमा मुद्दा जितेपछि करिब डेढ अर्ब रकम फिर्ता पाएका छन् । यी २ बैंकले एक दशक लामो प्रयासपछि पैसा फिर्ता पाएका छन्। 

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुल उपर सम्बन्धी मुद्दा चीनको अदालतमा सुनुवाइ भएको थियो । गत साउन १५ गते यी २ बैंकले मुद्दा जितेका हुन् । मुद्दाको अन्तिम फैसला भएको २० दिनपछि बैंकले सबै पैसा फिर्ता पाएका छन् ।

बैंक अफ काठमाण्डूले ६६ लाख २५ हजार १० अमेरिकी डलर र १४ लाख ११ हजार ४५३ युरो तथा हिमालयन बैंकले ६६ लाख ५० हजार अमेरिकी डलर फिर्ता पाएको हो । 

यसअघि, २ वर्षअघि पनि यी २ वटै बैंकले मुद्दा जितेका थिए । तर, मुद्दा हारेको पक्ष माथिल्लो अदालत गएको थियो । नेपालका बैंकले मुद्दा जितेपछि चाइना कन्स्ट्रक्सन बैंकले पैसा फिर्ता गरिदिएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved