क्रिप्टो करेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्चमा दायर रिटमा आज सुनुवाई हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 10:52:12 AM मा प्रकाशित

laxmi  sunrise bank

क्रिप्टो करेन्सीलाई मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिटको पेशी आज तोकिएको छ । न्यायधिश सुष्मालता माथेमाको एकल इजलाशमा आज पेशी तोकिएको हो । 

क्रिप्टो सहितका मुद्रालाई कानूनी मान्यता नदिने राष्ट्र बैंकको निर्णय खारेज गर्नुपर्ने र त्यस्ता मुद्रालाई कानूनी मान्यता दिनुपर्ने माग गर्दै अधिवक्ता सागर बराल लगायतले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।  उक्त रिट आज न्यायधिश सुष्मालता माथेमाको एकल इजलाशको ७ औ नम्बरमा तोकिएको छ । तर न्यायधिश माथेमाको अर्को छुट्टै संयुक्त इजलाश पनि आज तोकिएको छ । आज न्यायधिश सुष्मालता माथेमा र न्यायधिश डा. कुमार चुडालको संयुक्त इजलाश तोकिएको छ, जसमा २६ मुद्दाको पेशी छन् । सोहि कारण क्रिप्टो करेन्सीलाई मान्यता दिन माग गरिएको रिटमा आज सुनुवाईको लागि पालो आउँछ वा आउदैन भन्ने यकिन छैन ।

अधिटका बरालले भदौ २ गते रिट दायर गरेका थिए । यस अघि भदौ ६ गते रिटको पेशी तोकिए पनि हेर्न न्भ्याईनेमा परेको थियो  । रिटमा उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय , नेपाल राष्ट्र बैंक , कानून न्याय तथा संसदीय मामिला मन्त्रालय  , अर्थ मन्त्रालय , गृह मन्त्रालय र नेपाल प्रहरी प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved