भदौ महिनाको ३ दिनमा वाणिज्य बैंकहरुको निक्षेप ७ अर्ब घट्यो, १ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2022 | 05:49:42 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौको पहिलो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । भदौ महिनाको ३ दिनको अवधिमा बाणिज्य बैंकहरुको निक्षेप ७ अर्बले घटेको बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार साउन ३१ गते बैंकहरुको निक्षेप ४४ खर्ब ३३ अर्ब रहेकोमा भदौ ३ गते गतेसम्ममा बैंकहरुको निक्षेप ७ अर्बले घटेर ४४ खर्ब २६ अर्ब पुगेको छ । यस अवधिमा कर्जा प्रवाह भने १ अर्बले बढेको छ । संघका अनुसार साउन ३१ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ७७ अर्ब रहेकोमा भदौ ३ गतेसम्ममा बैंकहरुको कर्जा प्रवाह १ अर्बले बढेर ४१ खर्ब ७८ अर्ब पुगेको छ । यस अवधिमा  बैंकहरुको सिडी रेसियो ८८.४७ प्रतिशत रहेको संघले जनाएको छ । 

चालु आर्थिक वर्ष सुरु भएयता बैंकको निक्षेप १ खर्ब १५ अर्बले घटेको छ।  असार ३२ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४१ अर्ब रहेकोमा भदौ ३ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप घटेर  ४४ खर्ब २६ अर्ब पुगेको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved