मोबाइल व्यवसायीहरुका लागि नबिल बैंकले गर्यो अन्तक्रिया कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 26, 2022 | 04:20:29 PM मा प्रकाशित

laxmi  sunrise bank

 नबिल बैंकले नेपाल मोबाइल वितरण संघको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, बिक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरुको वित्तिय साक्षरतालाई प्रबद्र्धन गर्ने हिसाबले Channel Financing , QR Merchant र Fone Loan कोबारेमा छलफल गरिएको जनाएको छ। 

कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पु¥याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए ।  उनका अनुसार Nabil Channel Financing ले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ भने Nabil Fone Loan ले अब QR व्यापारीलाई  कारोबारमा आधारित बिना धितो डिजिटल मध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ । त्यसै गरि उनले QR व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल QR र क्रेडिट कार्ड मार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा जानकारी गराएका छन् । 

कार्यक्रममा “चोरी नियन्त्रण र सतर्कता” शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ। प्यानल सदस्यहरुका रुपमा  सुजन केसी, प्रहरी निरिक्षक – नेपाल प्रहरी, भक्तपुर, दिनेश चुल्याधो, अध्यक्ष, नेपाल मोबाइल वितरण संघ र नबिल बैंकतर्फबाट डनिलको उपस्थिति रहेको थियो भने संवाद कार्यक्रमको  संचालन नेपाल मोबाइल वितरण संघका महासचिव रघु त्रिपाठीले गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved