एनसीसी बैंकका ग्राहकलाई कर्णाली कियर इन्टरनेशनल हस्पिटलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 04:25:48 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसीसी बैंकका ग्राहकहरुले कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोड स्थित कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली.मा विशेष छुट प्राप्त गर्ने भएका छन् । २ संस्थाबीच आज छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट कर्णाली प्रदेश प्रमुख चेतकान्त जैसी बञ्जाडे र कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. कर्णाली प्रदेश, सुर्खेत, जुम्लारोडको तर्फबाट उप निर्देशक दिपक कुमार गौतमले हस्ताक्षर गरेका छन् । 

सम्झौता अनुसार बैकको भिसा डेभिट कार्ड तथा मोबाइल बैंकीङ्ग प्रयोगकर्ताले उक्त कर्णाली कियर इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लीमा Cabin (Deluxe) मा २५ प्रतिशत, Cabin (Normal) and whole body check up मा २० प्रतिशत, operation charge (O.T) मा १५ प्रतिशत, CT Scan, X-ray, USG (Ultra Sound), ECHO, Endoscopy, ICU/NICU, Post up, Dental and ambulance मा १० प्रतिशत र pathology and pharmacy (medicine) मा ५ प्रतिशत सम्म छुट प्राप्त गर्ने छन्।

बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved