सनराइज बैंकको थप चार स्थानमा शाखारहित बैंकिङ्ग सेवा बिस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2022 | 08:20:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले मधेस प्रदेशमा थप दुई शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ । बैंकको ९२ र ९३ औं शाखारहित बंैकिङ्ग सेवा कल्याणपुर नगरपालिका वडा नं.–३, ईटारी प्रसाही, सिराहामा र रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका वडा नं.–१०, दुधिअवामा बिस्तार गरेको हो ।

यसै गरी सिराहा जिल्लाको लहान नगरपालिका वडा नं.–१८, शोभापुरमा ९४ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएकोे छ । साथै शुक्रबार भाद्र १० गते  बैंकले झापा जिल्लाको झापा गाउँपालिका वडा नं.–०६, शरणामतीमा ९५औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले उल्लेख गरेको छ ।

बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved