सानिमा बैंकको मोबाइल बैंकिङ्ग योजनामा विशेष क्यासब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2022 | 06:44:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टपअप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्ने छन्। मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड बाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना २०७९ भाद्र १३ देखि २०७९ मंसिर १३ गतेसम्म लागू हुनेछ ।

बैंकले १२७ वटा कार्यालय तथा १२० वटा ए.टि.एम. मार्फत सेवा प्रदान गरिरहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved