नबिल बैंकका ग्राहकलाई दराजबाट किनमेल गर्दा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 05:19:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंक र दराज बीच “दराज दशैं धमाका“ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यहि आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको जनाएको छ । 

सम्झौता अनुसार दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्ने बैंकले जनाएको छ ।

दराज दशैं धमाका २०७९ का  लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका छन्। रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरुलाई आउँदै गरेको दशैंको शुभकामना रहेको बताए । यस महोत्सवले दराज साथै नबिल कार्ड वाहाक माझ छुट्टै उत्साह थपिने कुरामा आफु विश्वस्त रहेको दराजका अरुण फुयालले बताए । 

नबिल बैंकले २३३ शाखाहरु र २६९ एटिएम काउण्टरहरु मार्फत सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved