कुमारी बैंकका ग्राहकलाई बाराही पोलीक्लिनिकमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2022 | 07:52:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकका ग्राहकले बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरमा छुट पाउने भएका छन् । बैंक र पोखरास्थित बाराही पोलीक्लिनिक एण्ड अर्थो केयर  प्रालिबीच बैंकका ग्राहकहरुलाई  छुट प्रदान गर्ने समझदारी भएको हो ।

 सम्झौता अनुसार बैंकका ग्राहकहरुले सो बाराही पोलीक्लिनिक एण्ड अर्थो केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा प्रक्रियागत शुल्कहरूमा २०%, प्रयोगशाला शुल्कहरूमा १५%, एक्स–रेमा १०%, र औषधी शुल्कहरूमा ५% छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले ९८ शाखा , १९४ एटिएम, ५० शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved