एनआईसी एशिया र क्लियरिङ हाउसबीच नेपालपे क्यूआर सेवा प्रदान गर्ने सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 04:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाट नेपालपेको क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ। सम्झौता अनुसार बैंकको एप प्रयोगकर्ताहरूले नेपालका विभिन्न स्थानका मर्चेन्टहरूसँग रहेको नेपालपेको क्युआर स्क्यान गरी सहजरुपमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।  

सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

 बैंकले ३५९ शाखा कार्यालय, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गगरिरहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved