ग्लोबल आइएमई बैंकको २७३औँ एटिएम बुटवलको देवीनगरमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2022 | 04:34:52 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकको देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम सेवा थप भएसँगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २७३ पुगेको छ । 

उक्त एटिएम सेवाको उद्घाटन बुटवल उपमहानगरपालिका–११ देवीनगरका वडाध्यक्ष रामचन्द्र क्षेत्री तथा बैकका लुम्बिनी प्रदेश प्रमुख रबि श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । एटिएम सेवा समुद्घाटन गर्दै वडा अध्यक्ष क्षेत्रीले बुटवल उपमहानगरपालिकाकै सबैभन्दा ठूलो वडामा रहेको बैकको एटिएमले सेवाग्राहीलाई धेरै सुविधा पुर्याउने बताए  ।

बैंकले २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved