खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जाबारे अन्तरक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 12:59:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघको कर्णाली प्रदेश समितिले  जाजरकोटको खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा विद्यमान नीतिगत व्यवस्था सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम  संचालन गरेको छ। 

सो कार्यक्रममा नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिका संयोजक  राजन कुमार पोखरेलले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जा कार्यविधि तथा सहुलियतपूर्ण कर्जाका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम पश्चात् सहभागीहरुले उपरोक्त कार्यक्रम प्रभावकारी तथा जानकारीमुलक भएको र भविष्यमा समेत पुनः यस प्रकारका कार्यक्रमहरु आयोजना गर्न सुझाब दिएको संघले जनाएको छ।  

कार्यक्रममा कर्णाली प्रदेश सांसद गणेश प्रसाद सिंह, नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश प्रमुख विनय सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख  कालि बहादुर खत्री, प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही, वीमा समिति कर्णाली कार्यालय प्रमुख पदम सोडारी, बैंकका प्रतिनिधिहरु र स्थानियहरुको उपस्थिती थियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved