फुडमाण्डुको बैंकिङ्ग पार्टनर बन्यो माछापुच्छ्रे, ग्राहकलाई पनि छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 07, 2022 | 06:48:59 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंक र फुडमाण्डु बीच व्यवसायिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार फुडमाण्डु प्रा.लि. को आधिकारीक बैंकिङ्ग पार्टनर माछापुच्छ्रे बैंक हुनेछ ।

सम्झौतामा अनुसार फुडमाण्डुको तर्फबाट अध्यक्ष मनोहर अधिकारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट चिफ बिजनेश अफिसर टिका भट्टराईले हस्ताक्षर गरेका छन्। साथै बैंकका ग्राहकहरूले फुडमाण्डुमा आवद्ध भएका विभिन्न होटल तथा  रेष्टुरेन्ट मार्फत खाना अर्डर गरी अनलाईन मार्फत बैंकको क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा दैनिक २०% (बढिमा रु. ३००) सम्मको क्यासब्याक पाउन सक्ने बैंकले जनाएको छ ।बैंकले आउदै गरेको दशैं तिहार, एवं छठ पर्वको अवसरलाई मध्यनजर राखि  ३ महिनाको लागि उक्त क्यासब्याक योजना प्रदान गर्ने जनाएको छ ।

बैंकले १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved