तरलता अभाव छैन, तर लगानी योग्य रकमको अभाव छ: राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 08:53:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अहिले तरलता अभाव नभएको तर लगानी योग्य रकमको अभाव भने रहेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित तराई विकास तथा सञ्चार केन्द्र नेपालले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका लागि सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालमा आयातका लागि पैसा बाहिर जाँदा तरलता अभाव जस्तो देखिएको उनको भनाइ थियो । विश्व अर्थतन्त्रमा परेको प्रभाव, कोरोना महामारी लगायतका घटनाले यस्तो भएको उनले बताए । अहिले विदेशी विनिमय सञ्चिति घटेको भए पनि पहिला जस्तो डराउनु पर्ने अवस्था नरहेको बताए । उनले सञ्चिति बोर्डर लाइनमा रहेको बताए ।

विदेशी विनिमय सञ्चिति नबढे तरलता सहज नहुने उनले बताए । अहिले ब्याज १२ प्रतिशत औषतमा रहेको बताउँदै उनले २०७४ मा १२.४७ प्रतिशत पुगेको स्मरण गराए । त्यसैले यो अहिलेसम्मकै धेरै नरहेको उनको तर्क थियो ।

नेपालमा घर जग्गा, सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढेको उनको भनाइ थियो । नेपालमा भएको लगानी कहाँ गएको छ भनेर खोज्न आवश्यक रहेको उनले बताए । नेपालको उत्पादन बिक्री नहुने र भारतबाट बढी आयाता भइरहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved