दराजको ११.११ अभियानमा हिमालयन बैंकका ग्राहकलाई छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 09, 2022 | 10:02:02 PM मा प्रकाशित

laxmi  sunrise bank

दराजको ११.११ अभियानमा हिमालयन बैंकका ग्राहकले छुट पाउने भएका छन्  ।  हिमालयन बैंक  र अनलाइन सपिङ्ग पोर्टल दराज केयम् प्रा.लि. बीच बैंकका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झैता भएको हो । यो योजना कर्तिक २५ गते तदनुसार नोभेम्बर ११ गतेका दिन लागु हुनेछ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजको ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा आफ्नो डेबिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा १५% वा अधिकतम रु. २५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २०% वा अधिकतम रु. ३००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई-कमर्शको लागि सक्रिय गर्नु पर्ने बैंकले जनाएको छ ।

हिमालयन बैंकको मोबाइल बैंकिङ्गबाट ग्राहक आफैलेनै आफ्नो कार्डमा ई-कमर्श सक्रिय गर्ने सुविधा रहेको बैंकले जनाएको छ । बैंकका अनुसार यी पूर्वभुक्तानी छुटहरु सिमित र छुटमा केहि शर्तहरु लागु हुने भएकोले दराजको ११.११ अभियान अन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशिघ्र कार्डबाट पूर्बभुक्तानी गरि समानहरु खरिद गर्नु पर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved