बिओके र ग्लोबल आईएमई बैंकको मर्जरको लागि अन्तिम स्वाप रेसियो तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 12:44:12 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले ग्लोबल आईएमई बैंकसँगको मर्जरको लागि १:१ को स्वाप रेसियो तय भएको जनाएको छ। बैंक अफ काठमाण्डूको कार्तिक २४ गते बसेको संचालक समितिको बैठकले मर्जर प्रयोजनको लागि १:१ को स्वाप रेसियो कायम गर्ने निर्णय गरेको हो । 

बैंकले भनेको छ 'यस बैंकको मिति २०७९/०७/२४ गते अपरान्ह ३:३० बजे बसेको संचालक समितिको २३७ औं बैठकबाट यस बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा गाभ्ने तथा गाभिने (Merger) प्रयोजनका लागि मुल्याङ्कनकर्ताले सम्पत्ति, दायित्व तथा कारोवारको मूल्याङ्कन र अन्य बिबिध पक्षहरुको समेत मुल्याङ्कन ( Due Diligence Audit) गरी सिफारिस गरेको शेयर आदन प्रदान अनुपात (Share Swap Ratio) बैंक अफ काठमाण्डू लिमिटेडको १०० कित्ता शेयर बराबर ग्लोबल आइएमई बैंक लि. को १०० कित्ता शेयर कायम गर्ने (अर्थात शेयर स्वाप अनुपात १:१) निर्णय भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।'

यी २ बैंकबीच असार २ गते मर्जरको लागि सम्झौता भएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved