सिटिजन्स बैंकको विस्तारित काउण्टर राइनास नगरपालिकामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2022 | 07:28:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको राइनास नगरपालिका वडा नं ४, सातबिसे बजारमा संचालनमा ल्याएको छ । भोटेवडार शाखाको मातहतमा रहनेगरी   कार्तिक २७ गते देखि उक्त विस्तारित काउण्टर सेवा  संचालनमा ल्याईएको बैंकले जनाएको छ ।

यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर सेवा संचालनमा ल्याईसकेको छ । 

 यस विस्तारित काउण्टर मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्ने लक्ष्य बैंकले राखेको जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, रेमिटेन्स सम्बन्धीको सेवाहरु लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले आफ्ना १८० वटा शाखा, २ वटा विस्तारित काउण्टर,  १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved