मधेश प्रदेशमा सिटिजन्स बैंकको थप २ शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2023 | 05:43:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८१औं तथा १८२औं शाखा मधेश प्रदेशमा संचालनमा ल्याएको छ । बैंकले सर्लाहीको बरहथवामा र वीरगन्जको कृष्ण प्रणामी चोक गरी थप २ वटा शाखाहरु संचालनमा ल्याएको हो ।

यससंगै मधेश प्रदेशको सबै जिल्लामा यस बैंकको उपस्थिती पुगेर जम्मा २९ वटा शाखाहरु संचालनमा रहेको बैंकले जनाएको छ। सुविधा सम्पन्न यस शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुयाउने लक्ष्य बैंकले राखेको उल्लेख गरेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ। बैंकले १८२ वटा शाखा, १३५ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved