अब वाणिज्य बैंकले निक्षेपकर्तालाई त्रैमासिक रुपमा मात्र ब्याज दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2023 | 02:18:01 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुले अब त्रैमासिक रुपमा मात्र निक्षेपकर्तालाई ब्याज प्रदान गर्ने भएका छन् । बैंकर्स संघको बैठकले अब त्रैमासिक रुपमा मात्र ब्याज प्रदान गर्ने निर्णय गरेको संघका अध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए।

संघको यो निर्णय माघ १ गतेबाट नै कार्यन्वयनमा आइसकेको छ । यस सँगै अब निक्षेपकर्ताले मासिक रुपमा ब्याज पाउने छैनन् । 

दैनिक वा मासिक रुपमा ब्याज दिने भन्दै बैंकहरुले निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि संघले नै निर्णय गरेर अब त्रैमासिक रुपमा मात्र ब्याज दिने निर्णय गरेको हो । यस अघि बैंकहरुले आफ्नो बैंक मै निक्षेप कायम राख्नको लागि दैनिक वा मासिक ब्याज दिदै आएका थिए । 

हालको राष्ट्र बैंकको निर्देशन अनुसार व्यक्तिगत मुद्दती निक्षेपको भन्दा संस्थागत मुद्दती निक्षेपको ब्याज २ प्रतिशत बिन्दु कम हुनु पर्ने ब्यबस्था छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved