प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष श्रेष्ठले आज बिहिबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम अध्यक्ष श्रेष्ठले आज सपथ लिएका हुन् । उनी बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका थिए ।