मौद्रिक नीतिको समीक्षाका लागि राष्ट्र बैंकले माग्यो राय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 12:52:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाको लागि राय सुझाव माग गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले  आर्थिक वर्ष २०७९ / ८० को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षाका लागि आफ्ना राय/सुझावहरु २०७९ माघ २० सम्ममा राष्ट्र  बैंकको आर्थिक अनुसन्धान विभागको इमेल [email protected] वा विभागको कार्यालय बालुवाटारको ठेगानामा उपलब्ध गराईदिन अनुरोध गरेको हो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको साथै, यसको त्रैमासिक समीक्षा समेत गर्दै आएको छ । राष्ट्र बैंकले जारी गरेको  मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) ले त्रैमासिक तथा अर्द्धवार्षिक समीक्षा हरेक त्रयमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्नुपर्ने ब्यबस्था  गरेको छ ।

यस हिसाबमा राष्ट्र बैंकले फागुन १ गते भित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नु पर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved