कान्ति बाल अस्पतालमा हिमालयन बैंकको विल भुक्तानी काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2023 | 02:37:53 PM मा प्रकाशित

laxmi  sunrise bank

 हिमालयन बैंकले आफ्नो सेवा–सुबिधा विस्तार गर्ने क्रममा बागमती प्रदेशको महाराजगंज स्थित कान्ति बाल अस्पतालमा  थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले माघ ४ गते बुधबार देखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो । 

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने विरामीहरु र  विरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको जनाएको छ । बैंकका अनुसार उक्त भुक्तानी  काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि अपरान्ह ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् । 

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटिएम र ६००० भन्दा बढी पिओएस मसिनबाट  सेवा प्रदान गर्दै आएकोे छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved