
नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले २ अर्ब २६ करोड रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्न लागेको हो।
राष्ट्र बैंकले क वर्गमा वाणिज्य बैंकमा १ अर्ब ८० करोड ८ लाख, ख वर्गका विकास बैंकमा ३३ करोड ९० लाख तथा ग वर्गका फाइनान्स कम्पनीमा ११ करोड ३० लाख लगानी गर्न लागेको हो । राष्ट्र बैंकले आफुले लिन चाहेको रकम र दिन सक्ने ब्याज सहित प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।
राष्ट्र बैंकले माघ २२ गते बेलुकासम्म रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार यो रकम २०७९ फागुन ४ गतेदेखि २०८० फागुन ५ गतेसम्म मुद्दती निक्षेपमा राख्ने उल्लेख गरेको छ ।