'अब एकै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 03:42:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले एकै व्यक्तिले धेरै वटा लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको जनाएको छ। आज काठमाडौँमा आयोजित 'संकटमा लघुवित्तः कारण र समाधान' विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्न लागिएको बताएका हुन्।

 लघुवित्तहरु कर्जा सूचना केन्द्रमा आबद्ध भएपनि कतिपयले त्यसको वेवास्ता गर्दै कर्जा प्रवाह गरेको, सदस्यले छलेर ऋण लिएको, एउटाको ऋण तिर्न अर्को लघुवित्तबाट ऋण लिएको पाईएको लगायतका कारणले एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिन नपाउने व्यवस्था गर्न लागिएको उनले बताए । छिट्टै राष्ट्र बैंकले यसबारे निर्देशन जारी गर्ने उनले उल्लेख गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved