सनराइज बैंकले गर्यो एकसय वटा वित्तीय साक्षरताका कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2023 | 04:20:46 PM मा प्रकाशित

laxmi  sunrise bank

 सनराईज बैङ्कले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म सातै प्रदेशमा एकसय वटा वित्तीय साक्षरता कार्यक्रम गरि ग्लोबल मनि विक मनाएको छ।  बैंकले  बैंकिङ्ग सेवा, बचत, ऋण, विध्धुतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरु समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम गरेको जनाएको हो ।

यस्ता कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, गर्ने वित्तिय निर्णय गर्ने क्षमताको विकास हुने, सानै देखि बचत गर्ने बानी बस्ने, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पु¥याउने बैंकको विश्वास छ ।

 बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved