
 2mb (1).gif)
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुसंग अन्तरक्रिया गरेको छ । राष्ट्र बैंकले आज जेठ २३ गते मंगलबार 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको हो ।
उक्त अन्तरक्रिया कार्यक्रम समसामयिक विषयमा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा राष्ट्र बैंकको तर्फबाट गभर्नर महाप्रसाद अधिकारी , डेपुटी गभर्नर बम बहादुर मिश्र र नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट सहभागी थिए। त्यस्तै छलफलमा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्षहरु सहभागी रहेको राष्ट्र बैंकले जनाएको छ ।