माछपुच्छ्रे बैंकले पायो इन्फोसिस इन्नोभेसन अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2023 | 02:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिसले प्रदान गर्ने अवार्ड माछपुच्छ्रे बैंकले पाएको छ । बैंकले 'इन्फोसिस फिनाकल इन्नोभेसन अवार्ड्स २०२३' अन्तर्गतको 'म्याक्सीमाईजीङ कस्टुमर इन्गेजमेन्ट-गोल्ड' अवार्ड पाएको हो।

ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोवार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङ्गमा अभुतपूर्व सफलता हासिल गरे सँगै यो पुरस्कारवाट सम्मानित भएको बैंकले जनाएको छ। यो अवार्ड भारतको बैंग्लोरमा रहेको बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस  फिनाकल इण्डियाले प्रदान गरेको हो । 

 विगत दुई वर्षमा आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको बैंकले जनाएको छ। बैंकका अनुसार इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरीबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेको बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved