हिमालयन बैंकले बैंकको विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यृ बीमा सुविधा अन्तर्गत दश लाख रुपैयाँको दुर्घटना मृत्यृ बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला ईश्वर गुराँगाईको दुर्घटनामा परी निधन भएको हुँदा बैंकले निजको पत्नी विमला गुराँगाईलाई सो रकम प्रदान गरेको हो ।
बैंकका बनेपा शाखाका शाखा प्रबन्धक सुर्योदय प्रजापतीले सो रकम हस्तान्तरण गरेका हुन् । बैंकले उक्त खाता योजनामा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसंग खातावालाहरुको दुर्घटना मृत्यृ बीमा खरिद गरेको हो ।
हाल बैंकले विशेष तलबी खाता र नारी वचत खाता योजनामा दश लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ भने अन्य वचत योजनाहरुमा पाँच लाख रुपैयाँ सम्मको दुर्घटना मृत्यृ बीमा सुविधा प्रदान गर्दै आएको छ । बैंकले १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट सेवा प्रदान गर्दै आएकोे छ ।