सिटिजन्स बैंकका ग्राहकलाई २ होटेलमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 10:58:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकले कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, र बुटवल स्थित होटेल दा फ्लामीङगो प्रा.लिमा छुट पाउने भएका छन्  । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ड्रिम इन्टरनेसनल होटेल र होटेल दा फ्लामीङगोमा १५% सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले उल्लेख गरेको छ । 

बैंकले १८८ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १४३ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved