सिटिजन्स बैंकद्वारा विभिन्न सीएसआर कार्यक्रम सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2023 | 08:20:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न  कार्यक्रम सम्पन्न गरेको छ। बैंकले गलेश्वर आश्रम देवघाटधाम लाई ५ लाख रकम हस्तान्तरण गरेको छ।

तनहुँको देवघाट स्थित संस्कृत गुरुकुल मार्फत देशभरिका विद्यार्थीहरुलाई निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको गलेश्वर आश्रम, देवघाटधाम लाई सिटिजन्स बैंकले दुई चरणमा गरि जम्मा ५ लाख रकम हस्तान्तरण गरेको हो । संस्कृत गुरुकुल भवन निर्माणको सहयोगार्थ यस अघि नगद रु. ३ लाख रकम प्रदान गरिसकेको र हाल भवन निर्माणको कार्य प्रगतिको निरिक्षण पश्चात बाकी रकम रु. २ लाख उपलब्ध गराएको हो । गुरुकुल शिक्षा मार्फत संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पु¥याउदै निःशुल्क संस्कृत शिक्षा प्रदान गर्दै आएको संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको जनाएको छ ।

साथै सिटिजन्स बैंक सम्सी शाखाले जनता माध्यमिक विद्यालय, सम्सी प्रवाह महोत्तरीका कक्षा एकका करिब १०० विद्यार्थीलाई सामाजिक उत्तरदायित्व अन्तर्गत झोला वितरण गरेको छ । उक्त विद्यालयमा अधिकांश विद्यार्थीहरू मुस्लिम र दलित समुदायबाट र कमजोर आर्थिक अवस्था भएका छन् । यस कार्यले उनीहरूको शैक्षिक कार्यलाई थोरै भएपनि मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले १८८ वटा शाखा, १४५ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved