सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 20, 2023 | 09:55:14 PM मा प्रकाशित

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरु संग सम्झौता गरी बिशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन्।

बैंकका अनुसार बैंकका ग्राहकहरुले जनकपुरधाम, धनुषामा अवस्थित होटल राजदरबार एण्ड नवरगं रिसोर्ट, होटल वेलकम, होटल सितासरण, सितासरण होटल एण्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एण्ड क्याफे, होटल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनीक एण्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एण्ड थाइरोइड केयरका सेवाहरुमा १० प्रतिशत देखी ५० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन्।

 बैंकले १८८ वटा शाखा, १४६ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved