माछापुच्छ्रे बन्यो क्युआर प्रणालीमा भ्वाईस बक्स प्रविधि सुरु गर्ने पहिलो बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 21, 2023 | 07:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पल्ट क्युआर प्रणालीमा भ्वाईस बक्स (इन्सट्यान्ट पेमेन्ट नोटि फिकेसन) प्रविधिको शुभारम्भ गरेको छ।  नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग लगायत बैंकका अन्य केही स्थानहरुबाट यो सेवाको सुरुवात गरिएको बैंकले जनाएको छ ।

यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक नेपालमै पहिलो बैंक भएको छ । श्रावण ५ गते बाट QR मा Voice Box जडान गरि माछापुच्छ्रे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको जनाएको छ ।

बैंकका अनुसार बैंकका क्युआर मर्चेन्टहरुले क्युआर मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी SMS सँगसँगै ध्वनी (Sound)मार्फत हुने छ। जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ क्युआर प्रति लोकप्रियता एवम् विश्वसनियता अझ बढ्ने अपेक्षा गरिएको र भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने बैंकले जनाएको छ।

बैंकले भनेको छ 'यस सुविधाबाट हजारौ साना तथा मझौला क्युआर मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । सो को प्रयोगले ग्राहक र मर्चेन्टहरु बिच देखिएका केही भुक्तानी सम्बन्धी विवादनिराकरण हुने विश्वास लिएका छौं ।'

हाल उक्त सेवा नेपाल पे क्युआरका मर्चेन्टहरुमा उपलब्ध रहेको र छिटै अन्य नेटवर्कमा पनि जडान गरिने बैंकले जनाएको छ। 

बैंकले १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत  सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved