सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2023 | 04:00:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत ) सेवाको सुरुवात गरेको छ । यो सुबिधा अन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टल मार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार बैंक ग्यारेन्टी ( जमानत ) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेल मार्फत प्राप्त गर्ने छन्। उक्त सूचना प्राप्त गरे पश्चात सम्बन्धितले सक्कल आवेदन सहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी ( जमानत ) सङ्कलन गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

बैंकका अनुसार आवेदनमा कुनै समस्या भएमा, कारणसहित इमेल मार्फत समयमै सूचना पठाइनेछ । यस प्रबिधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्भटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved