हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 24, 2023 | 05:31:38 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको  सौन्दर्यीकरणमा खर्च गर्ने बैंकले जनाएको छ । 

कान्ति बाल अस्पतालमा आज आयोजित एक समारोहका बिच उक्त रकम प्रदान गर्ने सहमति भएको छ । सो समारोहमा बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका छन् । 

प्रमुख कार्यकारी अधिकृत राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरुमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताए । अस्पताल विकास समितिका अध्यक्ष गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद दिएका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved