वित्तीय साक्षरता तालिम प्रदान गर्ने जनशक्ति तयार पार्दै राष्ट्र बैंक, दरखास्त आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 25, 2023 | 10:33:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंक आफैले वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गर्ने प्रशिक्षकहरु तयार पार्ने भएको छ । राष्ट्र बैंकले आफैले तालिम दिएर प्रशिक्षकहरु तयार पार्न लागेको हो ।

राष्ट्र बैंकको गभर्नर कार्यालय अन्तर्गत रहेको  वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले ट्रेनिङ अफ ट्रेनर्स अर्थात् तालिम प्रदान गर्ने प्रशिक्षकहरुलाई तालिम दिने भएको हो । यसको लागि राष्ट्र बैंकले दरखास्त आह्वान गरेको छ  ।

आर्थिक तथा वित्तीय क्षेत्रको ज्ञान तथा अनुभव भएको, भुक्तानी प्रणालीमा भएको विकास र नविनतम प्रविधिको प्रयोगसँगै बढ्दो Digital Financial Services, तिनमा अन्तरनिहित जोखिम, वित्तीय अपराधलगायतका विषयमा दख्खल भएको र वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील व्यक्तिहरूका लागि Training of Trainers (TOT) सञ्चालन गरी २५ जना Financial Literacy Trainer तयार गर्नको लागि राष्ट्र बैंकले इच्छुक नेपाली नागरिकबाट राष्ट्र आवेदन माग गरेको हो। वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई तालिमसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान र सीप प्रदान गरी प्रशिक्षकको रूपमा तयार गरी Roster तयार गर्ने यसको उदेश्य रहेको राष्ट्र बैंकले जनाएको छ।

सर्वसाधारणको वित्तीय चेतना अभिवृद्धि गरी बढीभन्दा बढी व्यक्तिलाई वित्तीय क्षेत्रमा समावेश गर्दै लैजाने उद्देश्यले राष्ट्र बैंकबाट वित्तीय साक्षरताका विभिन्न क्रियाकलाप विगतदेखि हुँदै आएका छन् । वित्तीय साक्षरताको महत्वलाई आत्मसात् गरी राष्ट्र बैंकबाट इजाजत वा अनुमतिपत्रप्राप्त संस्थाहरूबाट मात्र नभई अन्य संस्थाहरूबाटसमेत वित्तीय चेतनासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुने गरेका छन् । यसरी भइरहेका कार्यहरूको प्रभावकारीता थप अभिवृद्धि गरी वित्तीय साक्षरतामा भए गरेका कार्यलाई सुदृढीकरण गर्ने उद्देश्यले राष्ट्र बैंकले रोस्टर तयार पार्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार भक्तपुरको बोडेमा रहेको बैंकर्स प्रशिक्षण केन्द्रमा २०८० असोज २१ गतेदेखि २६ गतेसम्म यो तालिम हुने छ ।

कसले दिन सक्छन् आवेदन ?

आवेदन दिनको लागि  मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापनमा वा जनप्रशासनमा स्नातकोत्तर तह वा मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय Chartered Accountancy संस्थाबाट CA/ACCA/CPA परीक्षा उतीर्ण भएको हुनु पर्ने छ । त्यस्तै वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तीमा १५ वर्षको अनुभव हुनु पर्ने छ | Financial Literacy सँग सम्बन्धित विषयमा अनुभव र विशेष योग्यता प्राप्त गरेको व्यक्तिलाई ग्राह्यता दिइने राष्ट्र बैंकले जनाएको छ ।नेपाली नागरिकता, शैक्षिक योग्यता, अनुभव तथा विशेष योग्यतासम्बन्धी प्रमाणपत्र/कागजातको प्रतिलिपी सहित राष्ट्र बैंकको वेबसाइट (https://www.nrb.org.np/departments/ficpd/ ) मा उपलब्ध आवेदन फाराम भरी भदौ २१ गतेसम्म अनलाइन मार्फत आवेदन दिन राष्ट्र बैंकले आग्रह गरेको छ। 

यस्ता छन् राष्ट्र बैंकले तोकेका अन्य शर्त :

१. हाल राष्ट्र बैंक वा इजाजतपत्र वा अनुमतिपत्रप्राप्त कुनै बैंक तथा वित्तीय संस्था वा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थामा कार्यरत व्यक्ति यस तालिमको लागि योग्य हुने छैनन्। 

२. तालिम अवधिका लागि आवास वा अन्य भत्ता प्रदान गरिने छैन ।

३. TOT प्राप्त गरेका प्रशिक्षकहरू स्वयम्‌ले अन्य निकायसँग समन्वय गरी वित्तीय साक्षरता कार्यक्रम गर्नुपर्नेछ । यस्ता कार्यक्रम गर्दा यस बैंकबाट जारी Financial Literacy Framework र अन्य Knowledge Material तथा Training Manual लाई आधार लिनु पर्नेछ । 

४. TOT प्रदान गरेपश्चात प्रशिक्षकहरूको Roster कायम गरिने हुँदा प्रशिक्षकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेपश्चात् सोको प्रतिवेदन नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखामा पेस गर्नुपर्ने छ ।

५. आवेदकको शैक्षिक योग्यता, अनुभव तथा विशेष योग्यता र आवेदनमा प्राप्त विवरणको मूल्याङ्कनको आधारमा सहभागी छनौट (Shortlisting) गरिनेछ ।

६. छनौट भएका ( Shortlisted) आवेदकहरूमध्येबाट अन्तरवार्ताको आधारमा तालिमको लागि सिफारिस गरिनेछ ।

७. सहभागी छनौटको सम्पूर्ण अधिकार राष्ट्र बैंकमा निहित रहनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved