प्रतिबन्धित भारतीय नोट नराख्न राष्ट्र बैंकको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 12:38:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्रतिबन्धित भारतीय नोट आफुसँग नराख्न र नेपाल भित्र नेपाली मुद्रामा मात्र कारोबार गर्न आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार हाल भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा ५ हजार अमेरकि डलर बराबरको भारु मात्र ल्याउन वा लैजान पाउने व्यवस्था छ ।

राष्ट बैंकका अनुसार यो भन्दा बढी रकम लान वा ल्याउन परेमा उक्त रकम भन्सारमा घोषणा गर्नुपर्नेछ । साथै ल्याइएको वा लैजान लागिएको रकम पनि १०० वा सो भन्दा कम दरका नोट मात्रै हुनुपर्नेछ ।

त्यस्तै, राष्ट्र बैंकले भारु १०० भन्दा ठूला दरका नोट साथमा राख्न, ओसारपसार गर्न, कारोबार गर्न प्रतिबन्ध लगाइएको स्पष्ट पारेको छ । राष्ट्र बैंकका अनुसार भारत भ्रमणका लागि २५ हजार भारुसम्म र औषधोपचारका लागि ५० हजार भारुसम्म सटही सुविधा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सकिने छ । यसैगरी मनिचेञ्जरहरुसँग पनि भारु २५ हजारसम्मको सटही सुविधा लिन सकिने राष्ट्र बैंकले जनाएको छ ।

ड्राफ्ट, टिटी कार्डमार्फत अस्पतालको भुक्तानी आदि करोबारमा भने यो सीमा लागू नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved