न्यूरोडमा हिमालयन बैंकको भवन शिलान्यास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2023 | 05:47:38 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले काठमाडौं महानगरपालिका वडा नं २२, खिचापोखरी, न्यूरोड  स्थित बैंककै जग्गामा  भवन निर्माणको लागि शिलान्यास गरेको छ । बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले भवन निर्माणको शिलान्यास तथा विशेष पूजा गरेका हुन् ।

समारोहमा बैंकका अध्यक्ष श्रेष्ठले बैंकले सो भवन निर्माणको लागि शिलान्यास गर्न पाउँदा खुशी व्यक्त गरे । सो अवसरमा उनले देशका विभिन्न प्रमुख शहरहरु जस्तै इटहरी, विरगंज, भैरहवा बाट बैंकले आफ्नै भवनबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको बताउदै काठमाडौको दरबारमार्गमा पनि भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराए । त्यस्तै बैंकले भरतपुर र नेपालगंजमा पनि निकट भविष्यमा आफ्नै भवन निर्माण गरि ग्राहकहरुलाई सेवा प्रदान गर्ने योजना रहेको बताएका छन् । 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले भवन निर्माण पश्चात् बैंकले आफ्नै भवनबाट आफ्ना ग्राहकहरुलाई विशेष तथा परिष्कृत बैकिङ्ग सेवा–सुबिधा प्रदान गर्ने उद्देश्य राखेको बताए । यसबाट बैंकका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गरे। 

हाल बैंकले देश भरि रहेका १७६ शाखा, २६८ ए टि एम, २० विस्तारित काउन्टर तथा १७००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved