सानिमा बैंकको मोबाइल बैंकिङ्गमा विशेष क्यासब्याक योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 04, 2023 | 03:14:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक र फोनपे प्रा.लिको सहकार्यमा, सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । बैंकक अनुसार यो योजना कार्तिक मसान्त २०८० सम्म लागू हुने छ । 

यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५५ वा अधिकतम रु २००, विजुलीको बिल तिर्दा २५ वा अधिकतम रु २५ र इन्टरनेटको बिल तिर्दा  २५ वा अधिकतम रु ५० सम्मको क्यासब्याक व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याइएको हो । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको उल्लेख गरेको छ।  सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved