गाडी कर्जाको जोखिम भार घट्यो, शेयरको यथावत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 08:40:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले व्यक्तिगत गाडी कर्जाको जोखिम भार घटाएको छ।  राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै व्यक्तिगत गाडी कर्जाको जोखिम भार घटाएको हो।

यस अघि २५ लाख भन्दा माथिको गाडी कर्जाको जोखिम भार १५० प्रतिशत रहेकोमा अब भने जोखिम भार १२५ प्रतिशत कायम गरिएको छ । 

शेयर धितोकर्जाको जोखिम भार भने यथावत रहेको छ । शेयर धितोकर्जाको जोखिम भारबारे आज जारी गरिएको निर्देशनमा केहि पनि उल्लेख गरिएको छैन।    यद्यपि राष्ट्र बैंकले शेयर धितो कर्जाको १२ करोडको सीमा भने बढाएको छ ।  जस अनुसार  कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (Single Obligor Limit) कुल रु. १५ करोड कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो  ।  

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको छ । यस अघि यो सीमा १२ करोड थियो  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved