एभरेष्ट बैंकमा ७ सेयरधनीको ३९.१४ प्रतिशत सेयर स्वामित्व, कसको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2023 | 11:32:08 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंक लिमिटेड पञ्जाव नेशनल बैंकको जोयन्ट भेन्चर बैंक हो । पञ्जाव नेशनल बैंकको २०.०३ प्रतिशत लगानी रहेको बैंकमा सर्वसाधारणको सेयर स्वामित्व ४०.८३ प्रतिशत रहेको छ ।

त्यस्तै एभेष्ट बैंकमा ७ जना संस्थापकको ३९.१४ प्रतिशत सेयर रहेको छ । जसमध्ये प्रतिमा श्रेष्ठको सबैभन्दा बढी १४.७७ प्रतिशत अर्थात १ करोड ५८ लाख ६ हजार १ सय ११ कित्ता सेयर लगानी रहेको छ । त्यस्तै  होटल स्नोलायन प्रालिको ९.३० प्रतिशत अर्थात ९९ लाख ५५ हजार ३ सय ३६ कित्ता सेयर लगानी रहेको छ । बैंकमा तेस्रो ठूलो सेयरधनीका रुपमा विष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात ९८ लाख २१ हजार ५ सय ११ कित्ता सेयर स्वामित्व रहेको छ ।

त्यस्तै रवि कृष्ण श्रेष्ठ र किरण कृष्ण श्रेष्ठको समान १.८८ प्रतिशत अर्थात २० लाख १२ हजार ५ सय ८० कित्ता सेयर लगानी रहेको छ । पाँचौं बढी सेयर हुनेमा शान्ता देवी पाठक रहेका छन् । बैंकमा पाठकको १.१८ प्रतिशत अर्थात १२ लाख ५८ हजार ८२ कित्ता सेयर स्वामित्व छ । बैंकका अनुसार अरुणमान शेरचनको ०.९५ प्रतिशत अर्थात १० लाख ११ हजार ७२ कित्ता सेयर रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved