बीमा, वालेट र क्रेडिट रेटिङ सहित १४ वटा नयाँ क्षेत्रमा लगानी गर्दै एनआईसी एशिया बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 10:53:57 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले बीमा, वालेट, रेमिटेन्स र क्रेडिट रेटिङ सहित विभिन्न १४ वटा नयाँ क्षेत्रमा लगानी गर्ने भएको छ । यस्तो लागि बैंकको असोज २८ मा सम्पन्न साधारणसभाले बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरिसकेको छ । 

बैंकले साधारणसभाले  बैंकको प्रबन्धपत्रमा संशोधन गरि १४ वटा नयाँ उदेश्य थप गरेको हो । युनिभर्सल बैंकिङ्ग अवधारणा अनुरूप बैंकले प्रदान गरिरहेको बैंकिङ्ग सेवा सुविधालाई थप बृहत बनाउन एवं परिष्कृत सेवा प्रदान गर्न नयाँ उदेश्य थप गरिएको बैंकले जनाएको छ ।

संशोधित नयाँ व्यवस्था अनुसार अब बैंकले जीवन बीमा, निर्जीवन  बीमा, रेमिटेन्स, क्रेडिट रेटिंग, डिजिटल वालेट, सम्पति व्यवस्थापन, बैंकिंग तालिम, लगायतका क्षेत्रमा लगानी गर्ने छ। 

यस्ता छन् बैंकले थप गरेका नयाँ उदेश्य:

१. बैंकले प्रचलित आवश्यकता अनुसार कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी वा बैंकले अन्य संस्थाहरुसँग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी विप्रेषण (रेमिटेन्स) सम्बन्धी व्यवसाय गर्न सक्नेछ ।

२. बैंकले आवश्यकता अनुसार प्रचलित कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी Credit Rating सम्बन्धी व्यवसाय गर्न सक्नेछ ।

३. बैंकले प्रचलित आवश्यकता अनुसार कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी सुनचाँदीको धितोमा कर्जा प्रवाह गर्ने सम्बन्धी व्यवसाय गर्न सक्नेछ ।

४. बैंकले Bill of lading, Railway Receipt, Debenture Bond लाई धितोको रुपमा स्वीकार गरी कर्जा तथा अन्य बैंकिङ्ग सुविधा उपलब्ध गराउने ।

५. बैंकले प्रचलित आवश्यकता अनुसार कानून बमोजिमको प्रक्रिया पुरा गरी गरी नियामक निकायहरुको स्वीकृति लिई बैक आफैले वा अन्य संस्थासंग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी शेयर डेरिभेटिब्स् लगायतका वस्तुहरुको कारोबार गर्ने ।

६. बैंकले आवश्यकता अनुसार प्रचलित कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई बैंक आफैले वा बैंकले सहायक कम्पनी खोली वा बैंकले अन्य संस्थासंग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी विद्युतीय भुक्तानी सेवा वा विद्युतीय भुक्तानी प्रदायक सेवा वा वालेट व्यवस्थापन सेवा संचालन गर्ने ।

७. बैंकले प्रचलित आवश्यकता अनुसार कानून बमोजिमको प्रक्रिया निकायहरुको पुरा गरी नियामक स्वीकृति लिई सहायक कम्पनी स्थापना गरी वा नगरी वा बैंकले अन्य संस्थासँग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी सम्पत्ति व्यवस्थापन ( एसेट म्यानेजमेन्ट) सम्बन्धी कार्य गर्न सक्नेछ ।

८.  बैंकले प्रचलित आवश्यकता अनुसार कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैकको सहायक कम्पनी स्थापना गरी जीवन बीमा सम्बन्धी व्यवसाय गर्न सक्नेछ ।

९. बैंकले आवश्यकता अनुसार प्रचलित कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी निर्जीवन बीमा सम्बन्धी व्यवसाय गर्न सक्नेछ ।

१०. बैंकले प्रचलित आवश्यकता अनुसार कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी वा बैंकले अन्य संस्थाहरुसँग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी बैंकिङ्ग तालिम सम्बन्धी व्यवसाय गर्न सक्ने छ ।

११.  बैंकले प्रचलित प्रक्रिया आवश्यकता अनुसार कानून बमोजिमको पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी वा बैंकले अन्य संस्थाहरुसँग सहकार्य गरी बा बैंकले एजेन्ट नियुक्त गरी वा नगरी Lifestyle Banking ( App Channel, Web Channel, Social Media Channel, Open Banking एवं अन्य Lifestyle Banking सम्बन्धी Products / Services) सम्बन्धी व्यवसाय गर्न सक्नेछ ।

१२ . बैंकले आवश्यकता अनुसार प्रचलित कानून बमोजिमको प्रक्रिया पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी वा बैंकले अन्य संस्थाहरुसँग सहकार्य गरी बा बैंकले एजेन्ट नियुक्त गरी वा नगरी Digital Transformation (Paperless Organization, Robotic Process Automation, Cloud Competency, Customer Relationship Management, Business Process Management, Third Party Collaborations, एवं अन्य Digital Transformation Projects) सम्बन्धी व्यवसाय गर्न सक्नेछ ।

१३. बैंकले प्रचलित प्रक्रिया आवश्यकता अनुसार कानून बमोजिमको पुरा गरी नियामक निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी वा बैंकले अन्य संस्थाहरुसँग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी वा नगरी Information Technology (Core Banking System, IT Network & Administration, System Disaster Recovery, Hardware Support, EFT Switch Management, QR Switch Management, Third Party Collaborations एवं अन्य IT Projects) सम्बंन्धी व्यवसाय गर्न सक्नेछ ।

१४. बैंकले प्रचलित आवश्यकता अनुसार कानून बमोजिमको पुरा गरी नियामक प्रक्रिया निकायहरुको स्वीकृति लिई कुनै स्वदेशी वा विदेशी फर्म, कम्पनी, संघ संस्थासँग संयुक्त लगानी गरी वा नगरी वा बैंकको सहायक कम्पनी स्थापना गरी वा बैंकले अन्य संस्थाहरुसँग सहकार्य गरी वा बैंकले एजेन्ट नियुक्त गरी वा नगरी Information Security (Application Security, Network Security, IT Operations Security एवं अन्य Cyber Security related) सम्बन्धी व्यवसाय गर्न सक्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved