एनएमबि बैंकले नेपाल भित्र्यायो २० मिलियन अमेरिकी डलर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2023 | 10:55:42 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (SMEs)  लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदारDutch Entrepreneurial Development Bank (FMO ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ ।

 बैंक र FMO बिचको यस साझेदारीमा FMO बाट एनएमबि बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको र बाँकी रकम MSME विकास र प्रबर्दनको लागि प्राप्त भएको जानकारी दिएको छ ।

 एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved